Logo
८ बैशाख २०८१, शनिबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाविरुद्ध बनाइएको खोप जुलाईमा मानिसमा परीक्षण शुरु हुने

छिमेकी देश भारतमा कोरोना भाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानिसमा परीक्षण गर्ने भएको छ ।
हैदराबादको एक फर्मा कम्पनी ‘भारत बायोटेक’ ले बनाएको खोप परीक्षणमा स्वयंसेवीहरु सहभागी हुने भएका छन् ।

कम्पनीले यो खोपको मानिसमा चाँडै नै परीक्षण सुरु गरिने दाबी गरेको छ । तर कति जना स्वयंसेवीलाई यो खोप दिइने भन्नेबारेमा कम्पनीले जानकारी दिइसकेको छैन ।

कम्पनीका अनुसार जनावरमाथि यो खोप परीक्षणको नतिजा उत्साहजनक र सुरक्षित पाइएको छ । विश्वका विभिन्न देश अहिले कोरोनाविरुद्धको खोपको परीक्षण गरिरहेका छन् ।

विशेषज्ञहरुका अनुसार अहिले एक सय २० भन्दा धेरै खोपको कार्यक्रम चलिरहेको छ । झण्डै आधा दर्जन भारतीय फर्मा कम्पनी कोरोना भाइरसको खोप बनाउन लागिपरेका छन् ।

मानव परीक्षणसम्म पुगेको, भारतमा बनेको यो पहिलो कोरोना खोप हो । भारतमा औषधिको नियामक संस्थाले पनि भारत बायोटेकको खोप मानवमा पहिलो र दोस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।

भारत बायोटेकले जारी गरेको विज्ञप्ति अनुसार, ‘कम्पनीको प्रि-क्लिनिकल अध्ययन र खोप सुरक्षित भएको दस्तावेज जम्मा गरेपछि क्लिनिकल परीक्षणको अनुमति मिलेको हो ।’

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्