Logo
८ बैशाख २०८१, शनिबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित संख्या १३ हजार ५ सय नाघ्यो, आज नयाँ ३१६ जना थपिए

नेपालमा कोरोना भाइरस संक्रमणको तिब्र फैलिरहेको अवस्थामा १३ हजार ५ सय नाघ्यो ।

आज ३ सय १६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा २४५ पुरुष र ७१ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

जसमध्ये पुरुष ११ हजार ९ सय ७ र महिला १६ सय ५७ पुगेको छ । हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्