Logo
१३ बैशाख २०८१, बिहीबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री भट्टराईद्धारा आफ्नो मन्त्रालयमै छड्के

संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार अफ्नो मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिए ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाई र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरे ।

नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिए ।

निरीक्षण पछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सवै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्