Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता समाजवादी पार्टीद्धारा काठमाडौंमा बाजागाजासहित विशाल प्रदर्शन [हेर्नुस् Live भिडियो]

बाजागाजासहित जनता समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ । नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधानविरुद्ध जसपा आन्दोलनमा उत्रको हो ।

जसपाका नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतो अशोक राई लगायत सहभागी भएको प्रदर्शनका सहभागीहरुले पञ्चेबाजा बजाएर विरोध गरिरहेका छन् ।

माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरुले जातिय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।

हेर्नुस् Live भिडियो :

प्रतिक्रिया दिनुहोस्