Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साम्राज्ञी-भवनबीच द्वन्द्व : यौन दुव्यर्वहारको आरोप

अहिले पछिल्लो समयमा फिलीमि क्षेत्र भित्रका थपै लुकेर रहेका रहस्यहरु विस्तारै बाहिर आउन थालेको छ ।

यतिबेला बलिउडमा पनि अभिनेता शुशान्त राजपूतको आत्महत्यापछि बलिउड भित्र भएको रहस्यहरु  कुराहरु बाहिर एकपछि अर्को बाहिरीरहेका छन् भने त्यस्तै नेपालीफिलिमी जगतमा भएका रहस्यहरु  कुराहरु यतिबेला विस्तारै बाहिर निस्की रहेका छन् यही फिलिमी क्षेत्रको नकरात्क करालाई सार्वजनिक रुपमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै खुलासा गरेरेकी छन् ।

उनले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै सार्वजनिक गरेपछि नेपाली चलचित्र जगतमा अतिबेला तरंग आएको छ । उनले नायक भुवन केसीले आफूमाथि दुव्यर्वहार गरेको खुसाला गरेकी हुन् ।भुवनले आफूलाई पुरानो कुरा कोट्याएर के फाइदा भन्ने र टाँस्सिएर गाला नजिक ल्याएर बोल्ने गरेको बताएकी छिन् ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै साम्राज्ञीले भुवनप्रति भित्र देखि घीन लागेर आउने समेत बताइन् । उनले भनेकी छिन्, ‘जापानमा कार्यक्रम हुँदा त मेरो उत्पादन हो पुरानो कुरा कोट्याएर के फाइदा, त एउटा ठाउँमा पुगिसकिस् नबोल भनेर सम्झाए ।

भित्रदेखि धीन लागेको थियो । टाँस्सिएर त्यस्तै व्यवहार गर्ने । मुख ल्याएर बोल्ने गर्ने । बाबा बाबा आइ लभ यु भन्ने । अंकल भन्दा मन पर्दैन भनेर दाई भनेँ ।’

यसअघि साम्राज्ञीले चलचित्र क्षेत्रमा ठुला भन्नेले गलत व्यवहार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि भुवनले खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? भनी प्रश्न गरेका थिए । उनले साम्राज्ञीप्रति व्यंग्य गर्दै यस्तो लेखेका थिए ।

भुवनले के लेखेः

खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ?जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !!

 

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्