Logo
१३ बैशाख २०८१, बिहीबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमा नाकाहरुमा थप कडाइ गर्ने संघीय सरकारको निर्णय, साउन ७ गतेसम्म लकडाउन जारी रहने

संघीय सरकारले लकडाउनको पछिल्लो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। हवाई उडान तथा अन्तर्राष्ट्रिय नाका पनि बन्द रहनेछ भने शैक्षिक संस्थाहरु बन्द नै रहनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।

साथै, मन्त्रिपरिषद् बैठकले सिमा नाकाहरुमा कडाइ गर्ने तथा सामाजिक दूरी, मास्क र स्यानिटाइजरलाई अझ कडाइपूर्वक लागू गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को एक स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार साउन ७ गतेसम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् भने मोटरसाइकल तथा निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा चल्नेछन्।

रेस्टुरेन्टमा प्याकिङमात्र खुला गरिएको छ। सार्वजनिक उपयोगका सिनेमाहल, पुस्तकालय, संग्रहालयलगायतका स्थान भने बन्द नै रहनेछन्। बजार, व्यवसाय र डिपार्टमेन्टल स्टोर भने खुला रहनेछन् भने सपिङ मलहरु भने बन्द नै रहनेछन्।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्