Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सुशान्तको निधनपछि विवादमा परेका करण जोहरले दिए मामीबाट राजिनामा

यतिबेला भारतीय फिलिमी दुनीयामा अभिनेता सुशान्त राजपुतको निधनपछि बलिउड बजार तातेको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि परिवारवादलाई लिएर सबैको तारो बनेका फिल्म निर्देशक करन जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात् मामीवाट राजिनामा दिएका छन् ।

सुशान्तको निधन पछि बलिउडमा स्टार किड्सको विषयलाई लिएर ठूलो वहस सुरु भएको छ । निर्देशक तथा फिल्म निर्माता करण जोहरले स्टार किड्सलाई मात्र अवसर दिने र फिल्मी क्षेत्रभन्दा बाहिरका कलाकारलाई कलाकार नै नमान्ने गरेको भन्दै उनको निकै आलोचना भएको छ ।

करण जस्तै निर्देशक र फिल्म निर्माताका कारण बलिउडमा सुशान्त जस्ता कलाकारले अवसर नपाएको र देह त्यागको निर्णय गर्न बाध्य भएको भन्दै वहस सुरु भएको हो ।

सबै भन्दा बढी आलोचना करण जोहरकै भएको छ । मामीको यो फिल्म फेस्टिबलका बोर्ड सदस्य थिए ।भारतीय सञ्चार माध्यमले करनले मामीकी निर्देशक स्मृति किरणलाई राजीनामा पठाएका छन् ।

उनले मेलमार्फत् राजिनामा पठाएका हुन् । फेस्टिबलकी सभापतिसमेत रहेकी नायिका दीपिका पादुकोणले करनलाई राजिनामा नदिन बारम्बार अनुरोध गरेकी थिइन् ।

तर उनले दीपिकाको कुरा नसुनेर राजीनामा बुझाएका हुन् । मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र कबिर खान समावेश छन् ।

करणलाई स्टार किड्सलाई मात्र अवसर दिएको आरोप लागेको छ ।दर्जर्नौलाई फिल्ममा अवसर दिएका करण माथि अहिले यसरी प्रहार भइरहँदा उनै कलाकारले साथ नदिएको भन्दै करण रिसाएका छन् ।

तर उनलाई कुनै पनि कलाकारले सहयोग नगरेको भन्दै रिसाएको बताइएको छ । आलोचना सहन नसकेर उनले सामाजिक सञ्जाल चलाउन समेत छोडिदिएका छन् ।

करन जोहर सामाजिक सञ्जालमा सकृय हुने कलाकार हुन् । तर लगातार उनी माथि यस्तो आरोप लगाएर सामाजिक सञ्जालमै वहिष्कारको अभियान संचालन भएपछि उनी सामाजिक सञ्जाल देखि टाढा छन् ।

पछिल्लो केहि दिनदेखि आफूलाई लो प्रोफाइलमा राखिरहेका छन् । उनले ट्वीटरमा ८ व्यक्ति (अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र आफ्नै कार्यलयका चार सदस्य) बाहेक सबैलाई अनफलो गरेका छन् ।

साथै सर्वसाधारणका लागि इन्स्टाग्रामको कमेन्ट सेक्सन पनि लक गरेका छन् ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्