Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाली विकास बैंकद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई  २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।

उक्त रकम काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्