Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको सहयोगमा बनेको ग्राभेल सडक हप्ता दिन नबित्दै हिलाम्मे

प्रदेश एक स्थित सुनसरीको दुहबी वडा नम्बर ८ मा रहेको नहरको बाटो ग्राभ्रेल भएको एक हप्ता बित्न नपाउदै हिलाम्मे भएको छ ।

सुनसरी मोरङ सिचाइ योजना अन्तरगत पर्ने रामगंज शाखाको उप शाखा एसएस एघारको खनार देखि दुहबी ८ सोनापुर समको ३ किलोमिटरको उक्त बाटो प्रदेश सरकारको सहयोगमा ग्राभेल गरिएको हो ।

ग्राभ्रेल भएको सडक एक हप्ता बित्न नपाउदै हिलाम्मे भएपछि सडकको गुणस्तरियतामा समेत प्रश्न उठेको हो । स्थानीय लक्ष्मी ठाकुरका अनुसार सो नहरको बाटो गोप्य त्वरबाट ग्राभ्रेल गरिएको हो ।

सम्बन्धित पक्षले स्थानीयहरुलाई कुनै प्रकारको सार्वजनिक सूचना वा उपभोक्ता गठन प्रकृयाको लागि खबरै नगरिकन कस्ले ग्राभ्रेल गरे आफुहरु अच्ममा परेको उनले बताइन ।

ठाकुर भन्छिन सो बाटो कति मिटर सम्मको ग्राभेल हो, कति वेस हो, के मापदण्ड र कती बजेट हो भन्ने योजना पाटी समेत रासखिएको छैन । ग्राभ्रेल सडक ठाउँ–ठाउँमा हिलाम्मे र वेस न मिलेको गुणस्तरहिन भएको उनले बताइन ।

उता सुनसरी मोरङ सिचाइ आयोजनाको रामगंज शाखा अन्तरगत पर्ने उपभोक्ता समितिका सदस्य अशोक केसीले सो ग्राभ्रेल सडकको सम्बन्धमा आफुहरुलाई कुनै जानकारी नदिइ बाटो निर्माण गरेकोमा गुनासो पोखेका छन् ।

केशीका अनुसार सो ठाउँमा किसानहरुलाइ खेतसम्म पानि पुर्याउन नस्किरहेको अवस्था छ ।

सो बाटोको बिषयमा ग्राभेल सडक उपभोक्ता समितिका अध्यक्ष कपिल श्रेष्ठले प्रदेश सरकारको पूर्वाधार विकास कोषबाट १० लाखको बजेटमा लगभग १५ सय मिटर लम्बाई ग्राभेल गर्ने योजना रहेको बताए ।

कुनै लुकिछिपि त्वरबाट उपभोक्ता समिति न बनेको र स्थानियलार्इ सार्वजनिक सूचना गरेको दावी गर्दै अविरल वर्षाका कारण रोकिएको ग्राभेल सडक निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेको उनको भनाई रहेको छ ।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्