Logo
१२ बैशाख २०८१, बुधबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सोनु निगमद्वारा बलिउड म्युजिक बजार माफियाको कब्जामा रहेको आरोप

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा बहस भइरहेको नातावादको बहसमा साथ दिँदै गायक सोनु निगमले आफ्नो सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै बलिउडको स‌ंगित बजारमा फिल्म क्षेत्रमा भन्दा पनि ठूला माफिया रहेको बताएका छन्  ।

र उनीहरुका कारण भोली गायकरगायिका या संगितकार पनि राजपुतको अवस्थामा पुग्न सक्ने बताएका छन्।

भारतीय गायक सोनु निगमले बलिउड म्युजिक बजार माफियाको हातमा पुगिसकेको प्रतिक्रिया दिएपछि अहिले यो बहसको विषय बनेको छ।

बलिउड म्युजिक क्षेत्रमा फिल्म क्षेत्रको भन्दा पनि ठूला माफिया छन्। २ वटा कम्पनीको हातमा सबै शक्ति छु उनले भिडियो सन्देशमा भनेका छन्।

कसलाई गाउन दिने कसलाई नदिने भन्ने २ कम्पनीको हातमा शक्ति रहेकाले नयाँ गायक गायिका र म्युजिक कम्पोजरहरु शोषित र तनावमा रहेको उनले दावी गरेका छन्।

उनले २ वटा म्युजिक कम्पनीको हातमा सबै शक्ति हुँदा गायकरगायिकासँगै संगीतकार र गीतकार समेत प्रताडित हुने गरेको खुलाउँदै उनीहरुलाई प्रताडित नगर्न आग्रह गरेका छन्।

उनले केही अभिनेताहरुले समेत यस्तै गर्ने गरेको बताएका छन्।उनले भिडियो सन्देशमा कुनै कम्पनी या कलाकारको नाम लिएका छैनन्। तर संकेत भने गरेका छन्।

राजपुतको आत्महत्यापछि नायक सलमान खानले गर्ने व्यवहारबारे आलोचना भएको थियो। निगमले समेत गीतकार र स‌ंगीतकारलाई प्रताडित गर्नेमा सलमान समेत रहेको संकेत गरेका छन्।

उनले नाम नलिई भनेका छन्‚ अभिनेता पनि छन्‚ जो यसलाई गीत गाउन नदिनु भन्छन्‚ जसले अरजित सिंहसमेतलाई त्यस्तै गरे।’ विवादका कारण सलमानले र अरजितको सम्बन्ध बिग्रिएको थियो।

उनले भने‚ ुनयाँलाई यातना नदेऊ। यति लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेको मैले त समस्या भोगे भने नयाँको अवस्था के होला।ु

निगमको भिडियो सन्देशले मुम्बई फिल्म क्षेत्रमा नयाँ बहस सुरु गरेको छ। केही गायक र संगीतकारले उनलाई साथ दिँदै मुम्बई म्युजिक माफियाको हातमा पुगेको स्वीकारेका छन्। अदनान सामी, सोना महापात्र, मोनाली ठाकुर, गीतकार समिर, स‌ंगीतकार सलिम मर्चेटले निगमको भनाइको समर्थन गरेका छन्।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्