Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुमेह/ क्यान्सरदेखि अनेकौ रोग हुनबाट बचाउने तामाको जान्नुहोस् थप फाइदाहरु

बाँसको तामा भन्ने बितिकै हामी सबैलाई थाहा छ । यलाइ अंग्रजीलाई बेम्बो शुट भनिने गरिने छ भने नेपालीमा तामा भनिन्छ ।

तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई  मन पर्ने तरकारी हो। यो खाँदा जति स्वादिलो हुन्छ त्यति नै  औषधीय गुणले भरिपूर्ण हुन्छ। ज्वरो रूघाखोकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।

तामा खाँदा हुने फाइदाहरू

-तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ ।
-तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।
-पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।
-पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
-ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।
-गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।
-तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ ।
-नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।
-आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।
-तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।
-रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।
-श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।

-फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्