Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न देशबाट अहिलेसम्म ११ हजार ३ सयभन्दा धेरै नेपाली स्वदेश फर्किए

सरकारले शनिबारसम्ममा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर्ड उडानमार्फत ११ हजार ३ सय ७१ जना नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर्ड उडानमार्फत ११ हजार ३ सय ७१ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

सरकारले पहिलो चरणमा अति नै समस्यामा परेका ३० देशबाट २४ हजार १४८ जनाको स्वदेश फिर्तीको लागि प्राथमिकता छुट्टाएको थियो ।

कोरोनाको कारण रोजगारी गुमाएका, समस्यामा परेका, बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, भिसा सकिएका लगायतका प्राथमिकता छुट्टाएर नेपालीलाई स्वदेश ल्याउने काम भइरहेको छ ।

यो निरन्तर प्रक्रिया भएको र समस्यामा परेकालाई ल्याउने क्रम चलिरहेको प्रवक्ता पौडेलले बताए ।

खाडीका देश र मलेसियासँगै अन्य विभिन्न देश अमेरिका, अस्ट्रेलिया, जापान लगायतका देशबाट पनि नेपालीहरु आइरहेका छन् ।

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्ससँगै अन्य विदेशी जहाज पनि नेपाली लिएर आइरहेका छन् ।

नेपाल एअरलाइन्सको जहाज आज राति कतारको दोहा र मलेसियाको क्लालाम्पुर जाँदैछ भने हिमालय एअरलाइन्सको चार्टर्ड जहाज पनि नेपाली लिन मलेसिया जाने त्रिभुवन विमानस्थलले जनाएको छ ।

आज भने कुनै पनि देशबाट नेपाली फर्कने उडान तालिका छैन ।

 

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्