Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु

बागमती प्रदेश स्थित सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी वर्ष २१ की महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । अस्पतालका कोभिड-१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीका अनुसार उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो ।

यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा. राजभण्डारीको भनाइ छ ।

‘अस्पतालमा बिरामी ल्याउँदा ज्वरो आएको तीन-चार दिन बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर समयमा अस्पताल नल्याउदा उनलाई बचाउन सकिएन’ उनले भने ।

मृत्यु भएकी महिलामा कोभिड-१९ को संक्रमणको लक्ष्यण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डाक्टर राजभण्डारीले जानकारी दिए ।

मृतक महलिाको शव व्यवस्थापन गर्न र उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ । रिपोर्ट नआए पनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई नै स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि भनिएको हो ।

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्