Logo
६ बैशाख २०८१, बिहीबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहको कार्ड बाँडिसकेका युवामा देखियो कोरोना ‘पोजिटिभ’

विवाह गर्न कार्ड समेत बाँडिसकेको अवस्था प्रदेश १ स्थित विराटनगरका एक युवकमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

विराटनगर महानगरपालिकाका अनुसार भारतको दिल्लीमा अध्ययन गर्दै आएका २२ वर्षीय युवकमा कोभिड १९ पुष्टि भएको हो।

महानगरपालिका स्रोतका अनुसार विराटनगर १२ पानीटंकी निवासी युवकको घरमा आमा र बुबा मात्र रहेको र विवाहका लागि युवक पाँचदिन अघि घर आएका हुन्।

भारतबाट आएपछि क्वारेन्टाइनमा बस्न नमानेपनि महानगरले उनलाई बजारको क्वारेन्टाइनमा राखेको थियो। यसैक्रममा उनको पीसीआर स्वाब परिक्षण गरिएको थियो।

बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

कार्कीले संक्रमित युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको बताए। कार्कीका अनुसार महानगरमा हालसम्म ४ महिला र ४ पुरुष गरि कुल ८ जनामा कोरोनाभाइरस कोभिड १९ पुष्टि भएको छ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्