Logo
१५ चैत्र २०८०, बिहीबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएपछि सुर्खेतमा डाक्टर आन्दोलित

प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् । अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि प्रोत्साहन भत्ता नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा. प्रकाश वलीले बताए ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

डा. वलीका अनुसार प्रदेश अस्पतालमा ८ औं तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एकजना मात्रै स्थायी छन् । कर्णालीमा दरबन्दी बमोजिमका विशेषज्ञ डाक्टर नआएपछि प्रदेश सरकारले विशेष प्रोत्साहन भत्ताको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्