Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चट्याङ लागेर मकवानपुरमा २ र सप्तरीमा ४ को मृत्यु

बागमती प्रदेश स्थित अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ । उता प्रदेश २ स्थित सप्तरीमा पनि ४ जनाको मृत्युको खबर छ ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका-२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ ।

सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्