Logo
८ बैशाख २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिने

काठमाण्डौ :  दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराएका छन् ।

गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ ।

गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले  ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गरे । कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ सङ्घीय सरकारबाट  ७ करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ सङ्घीय सरकारबाट १९ करोड ५२ लाख, प्रदेश सरकारबाट  २ करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिए ।

यसैगरी सङ्घीय सरकारको राजश्व बाडफाँटबाट  ५ करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट  एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट  ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्