Logo
१३ बैशाख २०८१, बिहीबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुध खपत नहुँदा किसानले पाएनन् करोडौं रुपैयाँ भुक्तानी, ८ लाख किलोग्राम धूलो दुध गोदाममै थन्कियो

विराटनगर : लकडाउनका कारण विराटनगर दुग्ध वितरण आयोजनाले भण्डारण गरेको दूध त्यसै खेर जाने भएको छ ।

आयोजनाले लकडाउनमा किसानसँग खरिद गरेको दूध र दुधजन्य पदार्थ बिक्री गर्न नसक्दा आयोजनाले किसानलाई भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न सकेको छैन् । आयोजनाको गोदाममा ९८ करोड ६६ लाख मूल्य बराबरको दुधजन्य पदार्थ लामो समयदेखि भण्डारण गरिएको छ ।

बजार अभावका कारण उत्पादित वस्तु बिक्री गर्न नपाएका कारण कच्चा दुध खरिद गरेको रकम भुक्तानी गर्न नसकिएको आयोजना प्रमुख गणेश यादवले बताए ।

प्रदेश १ को इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापा र मोरङका ११ हजार किसानको झण्डै १५ करोड रुपैया रकम गत चैतयता आयोजनाले भुक्तानि गर्न नसकेको हो । आयोजनाको गोदाममा ८ लाख किलोग्राम धूलो दुध, सात लाख किलो मखन, २० हजार किलोग्राम घ्यू थन्किएको छ ।

आयोजना प्रमुख यादवले १ करोड ६६ लाख मूल्य बराबरको घ्यू, ४८ करोड मूल्य बराबरको धुलो दुध, ४९ करोड मूल्य बराबरको मखन बिक्री गर्न नसक्दा किसानलाई भुक्तानि दिन नसकिएको बताए।

लकडाउन सुरु भएयता दुधको खपत घटेपनि आयोजनाले मिल्क होलिडे नगर्नका लागि किसानसँग दुध खरिद गरेर दुधजन्य वस्तु उत्पादन गरेको थियो । पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको लकडाउनमा होटल खुल्न नसक्दा उत्पादन भएको सामाग्री बिक्री नै नभएको हो ।

दैनिक ३० हजार लिटर दुध खरिद गरेर ७ हजार लिटर मात्रै खपत गरिरहेको आयोजनालाई अहिले उत्पादित दुधजन्य पदार्थ बिक्री नहुँदा समस्या मात्र परेको छैन आयोजना नै बन्द हुने स्थितिमा पुग्दा दोहोरो मारमा परेको छ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्