Logo
१३ बैशाख २०८१, बिहीबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउडका चर्चित निर्देशक जोएल शूमाकरको निधन

कस्ट्यूम डिजाइनर हुँदै हलिउडका चर्चित निर्देशक बनेका जोएल शूमाकरको निधन भएको छ ।

लामो समयदेखि क्यान्सरसँग लगिरहेका जोएलको ८० वर्षको उमेरमा न्यूयोर्कमा निधन भएको हो । ‘द लास्ट ब्वाइज’, ‘फलिङ डाउन’, ‘ब्याटम्यान’ लगायतका फिल्मका निर्देशक जोएलको सोमबार निधन भएको छ ।

फिल्म ‘ब्याटम्यान’ उनको निकै हिट फिल्म भयो । उनले निर्देशन गरेको पहिलो फिल्म ‘ब्याटम्यान फरेभर’ थियो ।

उनको निधनले अहिले हलिउड शोकमा डुबेको छ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्