Logo
१५ चैत्र २०८०, बिहीबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर सजाउँदै हुनुहुन्छ ? सावधान ! यी गल्ती नगर्नुहोस्

हामी घरलाई आकर्षक बनाउन चाहन्छौं तर, जानेर वा नजानेर त्यो भद्रगोल बन्न पुग्छ । घर सजाउने कुरामा हाम्रो ढंग नपुग्दा अनाकर्षक हुनपुग्छ । राम्रै बनाउन चाहेको कुरा पनि सुहाउँदिलो देखिदैन । हामी के गल्ती गर्छौ जसले घर अनाकर्षक देखिन्छ ? साथसाथै त्यसलाई कसरी सुधार गर्न सकिन्छ ?

आवश्यक्ता भन्दा बढी फोटो
शंका छैन, फोटोले घरको सोभा बढाउँछ । तर त्यही फोटो हो, जसले घरलाई बिरुप पनि बनाउँछ । कसरी ?

घरको भित्तामा फोटो सजाउनुअघि भित्ता र फोटोको आकारमा ख्याल गर्नुपर्छ । भित्ताभन्दा एकदमै सानो वा एकदमै भद्दा फोटो सुहाउँदैन । त्यसैगरी रंगविरंगी बनाउने चक्करमा जथाभावी र धेरै फोटो राख्दा पनि राम्रो देखिदैन । फोटोको प|mेम सामन्य र भित्ताको रंगसँग मिल्ने हुनुपर्छ ।

कृतिम फूलको प्रयोग

घरलाई सजाउने क्रममा हामी कृतिम फूलको प्रयोग गर्छौ, यसले घरलाई सस्तो देखाउँछ । सकेसम्म प्राकृतिक फूल वा बिरुवा सजाउनुपर्छ । जथाभावी नक्कली फूल राख्दा घर कुरुप बन्छ ।

एकैनासे रंगको प्रयोग

घरको सबै कोठामा एकै किसिमको रंगको कम्बिनेसन मिलाउने ट्रेन्ड पुरानो हो, जो अहिले बद्लिएको छ । घरको सबै कोठा, झ्याल ढोकामा एकरुपता हुनुपर्छ भन्ने छैन । सबैतिर एकै किसिमको रंग प्रयोग गर्दा घर आकर्षक देखिदैन । बरु, हरेक कोठालाई भिन्न भिन्नै रंगले सजाउनु पर्छ । यद्यपी धेरै गाढा वा चहकिलो रंगले घरको शोभा दिदैन । रंग हल्का र उज्यालो हुनुपर्छ ।

एन्टिक बस्तुको प्रदर्शन

कतिलाई आफ्नो घरमा दशकौं पुरानो फर्निचर, चिजबिज राख्न मनपर्छ । पुरानो समयमा बनेका सामग्रीहरुको प्रयोगले घरलाई आकर्षक त देखाउँछ तर, सहि ढंगले प्रयोग गर्न सकेको अवस्थामा मात्र । किनभने, त्यस्ता सामग्री धेरै भयो भने घर छरितो देखिदैन ।

 

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्