Logo
४ बैशाख २०८१, मंगलबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा विवादबारे सावधानी अपनाउन नरेन्द्र मोदीलाई मनमोहन सिंहको सुझाव

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारत-चीन सीमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई सावधान गराउँदै भनेका छन् कि भ्रामक प्रचार र झुठकाे आडम्बरले सत्यलाई दबाउन सकिँदैन ।

मनमोहन सिंहले प्रधानमन्त्री मोदीलाई सल्लाह दिँदै भनेका छन्, ‘प्रधानमन्त्रीले आफूले व्यक्त गरेका शब्दहरुले देशको सुरक्षा एवं सामरिक र भूभागीय हितमा पर्ने असरप्रति सधैँ सावधान रहनुपर्छ ।’

मनमोहन सिंहले गलवानमा भारत-चीनका सेनाबिच भएको भिडन्तबारे भनेका छन्, ‘हामी सरकारलाई आग्रह गर्छाैँ कि भ्रामक प्रचार कहिल्यै पनि कूटनीति र बलियो नेतृत्वको विकल्प हुन सक्दैन ।

पछि लाग्ने कार्यकर्ताद्वारा गरिएको प्रचारित झुठको आडम्बरले सत्यलाई दबाउन सक्दैन।’

पूर्व प्रधानमन्त्री सिंहले भनेका छन्, ‘वर्तमान सरकारले लिने फैसला र उठाउने कदमले यो तय गर्ने छ कि भविष्यले उनको आँकलन कसरी गर्ने छ ।

डा. सिंहले चीनसँगको भिडन्तमा मारिएका २० सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मातृभूमिको रक्षाका लागि उनीहरुको बलिदान व्यर्थ जान दिन नहुने बताएका छन् ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्