Logo
१२ बैशाख २०८१, बुधबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा कोरानाबाट ४ लाख ७० हजारभन्दा बढीको मृत्यु, सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघ्यो

चीनको वुहान शहरबाट सुरुभएको कोरोना भाइरस अहिले साहारा विश्वलाई नै चुनौतिदिदैँ लाखौ मानिसको ज्यान लिइरहेको छ सो विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार ६ समय पुगेको छ ।

वर्लडओमिटरका अनुसार हालसम्म कोरोना सङ्क्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ रहेको छ। पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ ।  सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन् ।

रुसमा ५ लाख ८४ हजार सङ्क्रमित छन् । त्यहाँ ८ हजार १ सयको ज्यान गएको छ । छिमेकी भारतमा झण्डै ४ लाख २७ हजारमा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा १३ हजार ७ सय जनाले ज्यान गुमाएका वर्लडओमिटरले जनाएको छ ।]विश्वमा कोरोना सङ्क्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार बढी निको भएका छन् ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्