Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन हुँदै

भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पादनका प्रारम्भिक चरणका काम प्रारम्भ भएका छन् ।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन तथा पूर्वानुमानका साथै विकास-निर्माणका गतिविधि सञ्चालन गर्न अति उपयोगी हुने भौगोलिक सूचना उत्पादन नेपालको पूर्वी दक्षिण भूभागबाट थालिएको छ ।

पहिलो चरणमा चितवनदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई समेटेर काम थालिएको नापी विभागले जनाएको छ । जापान सरकारको रु एक अर्ब ३२ करोड अनुदान सहयोगमा आगामी तीन वर्षभित्र भौगोलिक सूचना उत्पादनसम्बन्धी काम पूरा गर्ने लक्ष्यका साथ विभागले डेभलपमेन्ट अफ डिजिटल एलिभेशन एन्ड अर्थोफोटो परियोजनालाई अघि बढाएको छ ।

भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित सो प्रविधिको प्रयोगबाट अग्रिम सूचना प्रणाली स्थापना भई प्राकृतिक प्रकोप रोकथाममा सहयोग पुग्नेछ । नेपालले लाइडर प्रविधिको प्रयोग पहिलोपटक गर्न लागेको हो ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्