Logo
११ बैशाख २०८१, मंगलबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्तकी गर्लफ्रेन्ड रिया चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर

अहिले पछिल्लो समयमा भारतीय फिलिमि दुनिया अहिले शुसान्त राजपुतको आत्महत्यालाई लिएर सिंगो भारतीय जगत तातेको छ ।

बलिउड नायक सुशान्त राजपुतको आत्महत्या दुरुत्साहनमा कलाकार रिया चक्रवर्तीमाथि मुद्दा दायर भएको छ ।

विहार अदालतमा मुजफ्फरपुरका कुन्दन कुमारले दायर गरिएको रिटमा रियामाथि कारबाहीको माग गरिएको छ । रिया चक्रवर्ती सुशान्तसँग प्रेम सम्बन्धमा थिइन् भनिएको छ ।

कुमारले रियामाथि सुशान्तलाई आर्थिक र मानसिक शोषण गरेको आरोप लगाएका छन् । यसमाथि २४ जुलाईमा सुनुवाई हुने तय भएको छ ।

यो रियाविरुद्ध परेको दोस्रो रिट हो । यसअघि उनीसहित नायक सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जयलीला भन्साली र एकता कपुरविरुद्ध दुरुत्साहनको रिट दायर भएको थियो ।

यसैगरी, विहारमा जन्मिएका ३४ वर्षीय बलिउड नायकबारे त्यहाँका नेताहरुले पनि चासो लिएका छन् । सांसद लभ्ली आनन्द र पप्पु यादवले सीबीआई जाँचको माग गरेका छन् । सुशान्तको आत्महत्याले विहारमा धेरैलाई स्तब्ध पारेको छ ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्