Logo
१२ बैशाख २०८१, बुधबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या अत्याधिक : एकैदिन थपिए १५ हजार बढि संक्रमित

काठमाडौं : भारतमा कोभिड-१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ ।पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ ।

सरकारी अधिकारीहरुले बताए अनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा आइतबारसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ । भारतमा कुल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् ।

प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्