Logo
६ बैशाख २०८१, बिहीबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुदिनाको फाइदाबारे जान्नुहोस् ! यसको प्रयोगले ब्लड प्रेसर तथा मुटुको कमजोरी समेत हटाउँछ

हाम्रो वरपर गाँउघरमा सहजरुपमा पाइने बनस्पति पदिनालाई अचारको रुपमा उपयोग गर्दै आएको छौं ।

पुदिना सामान्यतया पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । अर्को पुदिनालाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ ।  सानो ठाउँमा लगाउँदा पनि परिवारको आवश्यकता पूर्ति गर्न सजिलै सकिन्छ ।

यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ ।

पदिनाका फाइदाहरु तल निन्न छन्-

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसँग मिसाएर खाए पेट दुख्ने समस्यामा राहत मिल्छ ।

– पुदिना, तुलसी, अदुवा र मरिचलाई बराबर मात्रामा मिसाएर पानीमा राम्रोसँग उमालेर त्यसको रस नियमित सेवन गर्दा ग्यास्ट्रिकको समस्या जरैदेखि निर्मूल हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– यसको सेवनले गर्मीको समयमा तराई क्षेत्रमा लाग्ने लू बाट पनि जोगिन सकिन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– शरीरमा घाउ भएमा पुदिनाको पत्ता राम्रो पिसेर लेप बनाई लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै अनुहार चम्किलो पनि हुन्छ ।

– पुदिना पिसेर अचार बनाई नियमित खाँदा पेटका धेरै समस्या समाधान हुन्छ ।

– साना बालबालिकालाई गर्मीका कारण झाडापखाला लागेमा पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुईरदुई चम्चा खुवाउँदा झाडापखाला निको हुन्छ ।

-पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ ।

-पुदिनाको ताजा पातलाई पिसेर अनुहारमा लगाई बीस मिनेटपछि चिसो पानीले अनुहार धुँदा छालाको गर्मी हट्छ र अनुहारमा निखार आउँछ ।

यसैगरी पुदिनाको लेपमा कागतीको रस मिलाएर यही प्रक्रिया दोहोर्‍याउँदा अनुहारमा भएका दागधब्बा एवं डन्डीफोर हट्नुका साथै चमक समेत बढ्छ ।

-पुदिनाको २०-२५ वटा पात, मिश्री १० ग्राम, सुप १० ग्राम र मरिचको २(३ दाना मिसाएर राम्रोसँग पिस्ने र त्यसको रस निकालेर मनतातो पानीसँग पिउँदा हिक्का छुट्न बन्द हुन्छ ।

-पुदिनाको ताजा पात मिचेर सुघाउँदा मूच्र्छा हट्छ । पुदिना र सुठोको क्वाथ बनाएर पिउँदा सर्दी लागेर आएको जरो हट्छ ।

-पुदिनाले सास गन्हाउने समस्यामा लाभदायी हुन्छ तथा यसले मुखको कुनै पनि दुर्गन्ध नाश गर्छ । ताजा पात नपाइएको अवस्थामा त्यसको ठाँड तथा सुकेका पातलाई पनि प्रयोग गर्न सकिन्छ ।

-मुखको छाला गएको तथा दाँत दुखेको अवस्थामा पुदिनाको पातलाई पानीमा केही बेर उमालेर उक्त पानी सेलाएपछि त्यसले कुल्ला गर्दा आराम मिल्छ ।

-पुदिनाबाट बनाइएको पिपरमेन्टले उल्टीसमेत रोक्छ । लो ब्लड प्रेसर तथा मुटुको कमजोरी हटाउन पनि यसले सहयोग गर्छ ।

-पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाशयलाई सक्रिय पार्ने तथा बिग्रेको मासिक धर्म समेत यसले नियमित बनाउने गर्छ ।

-प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ ।

यी बाहेक पनि पुदिनाका थुप्रै फाइदा छन् । आयुर्वेदले पनि पुदिनालाई औषधीय बुटीका रूपमा स्वीकार गरेको छ ।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्