Logo
७ बैशाख २०८१, शुक्रबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी टेलिभिजन च्यानलहरुलाई क्लिनफिड प्रविधि लागू गर्ने तयारी

विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार यस्तो सूचना जारी गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको हुनाले सो सूचना जारी गरिएको जानकारी दिएका छन् ।

नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १४७ छन् ।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्