Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीबाट १५४ नेपाली लिएर काठमाण्डौ आइपुग्यो हिमालय एअरलाइन्स

खाडीमुलुक साउदीको दमामबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ ।

या उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

यस्तै आज माल्दिभ्सबाट पनि १५० जना र कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्