Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबर्जस्ती करणी गरेको आरोपमा दुहबीका माझी पक्राउ

प्रदेश १ स्थित सुनसरी जिल्लाको दुहबी ८ घर भएका अन्दाजी बर्स २४ का रमेश माझीलाई सोहि गाउँकी २२ बर्सकी युवतिलाई जबर्जस्ती करणी गरेको आरोपमा बुधबार दुहबी प्रहरीले पक्राउ गरेको छ।

सो घटनाबारे दुहबी ८ कि अन्दाजी बर्स २२ कि नाम परिवर्तित सुगुमसँग बुझ्दा आफूसँग माझीको एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईन।

एक वर्ष देखिको प्रेम सम्बन्ध राम्रो चलिआई रहेको भए पनि हाल मेरो गर्भमा ४ महिनाको बच्चा रहदा माझीले धोका दियो ।

उनले भकानिदै भनिन् तिम्रो गर्भमा मेरो बच्चा नभएको भन्दै बिहे गर्न अस्विकार गरेपछि आफु अन्यायमा परेकस् हुँदा आफूले सम्बन्धित निकायमा गुहारेकी हु ।

सो घटनाबारे गाउँमा पटक-पटक पन्चाईती बसेपनि माझीले उसको गर्भमा मेरो बच्चा होइन भनेर आलटाल गरि विहेगर्न बाट पन्छिन खोजेपछि आफुहरु बाध्य भएर प्रहरीमा उजुरी दिनु परेको पीडित महिलाकी सानि आमाले बताईन ।

सो विषयमा ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीसँग बुझ्दा पीडितको उजुरीको आधारमा माझीलाई पक्राउ गरेको बताए ।

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्