Logo
१२ बैशाख २०८१, बुधबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्वाट्सएपबाट डिजिटल भुक्तानी सेवा,फोटो आदानप्रदान जत्तिकै सहज

विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप (Instant messaging app)  ह्वाट्सएपको (whatsapp) आफ्नै डिजिटल भुक्तानी सेवा सार्वजनिक भएको छ ।

फेसबुकले विश्वमै पहिलोपटक ब्राजिलमा ह्वाट्सएपको भुक्तानी सेवा सार्वजनिक गरेको हो ।

फेसबुकका सीईओ मार्क जुकरवर्गले ब्राजिलमा उक्त सेवा सार्वजनिक भएको आफ्नो फेसबुक पोस्टमार्फत जानकारी दिएका हुन् ।

साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यले पैसा पठाउने र प्राप्त गर्ने विधिलाई फोटो आदान प्रदान जतिकै सहज र छिटो बनाउन लागेको जुकरबर्गले बताएका छन् ।

साना व्यवसायीहरुलाई ह्वाट्सएपको माध्यमबाट खरिद बिक्री सुविधा चाँढै नै दिन लागेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्