Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधनको एक दिन बित्न नपाउँदै अभिनेता सुशान्तको भाउजुको निधन

बलिउड अभिनेता  सुशान्त सिंह राजपुतको निधन भएको एक दिन बित्न नपाउँदै  भाउजुको निधन भएको छ ।

भरतीय सञ्चारमाध्यमका अनुसार सुशान्तको सुसाइड नोटले उनकी भाउजु स्तब्ध भएकी थिइन् । जसका कारण उनकी भाउजु सुधा देवीको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुधा देवीको मृत्यु सुशान्तको शव दाहसंस्कार गर्न लाग्दा भएको थियो ।

उनले देवरको मृत्यु भएपछि खान पिउन छोडिदिएकी थिइन् । उनका पति अमरेन्द्र सिंह्ले एक दैनिक पत्रिकासँगको कुराकानीमा सुधा पछिल्लो केहि दिन यता बिरामी रहेको बताएका छन् ।

त्यसमाथि देवरको मृत्युको खबरले उनी झनै थलिइन् ।उनको स्वास्थ्य सोमवार विहान देखि झनै बिग्रिन थालेको अमरेन्द्रले बताए ।

देवरको मृत्यु सहन नसक्दा उनको मृत्यु भएको बताइन्छ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्