Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकालाई रक्सी खुवाई बेहोस पारेर बलात्कार गर्ने सप्तरीका मण्डल पक्राउ

प्रदेश २ स्थित सप्तरीमा श्रमिक बालिकालाई रक्सी खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशङ्कर मण्डललाई प्रहरीले घटनाको १ वर्षपछि पक्राउ गरेको हो ।

सप्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष असार १८ गते उनले स्थानीय लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

उनी त्यही विद्यालयका कार्यालय सहयोगीसमेत हुन् । त्यसपछि फरार उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५-४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले अघिल्लो असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

विद्यालय प्रांगणमा निर्माण भइरहेको भवनमा मजदुरी गर्ने बालिकालाई मण्डलले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेको र रात परेपछि नास्ताका नाममा सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितको आरोप छ ।

प्रकाशित मिति: Jun 15, 2020

प्रतिक्रिया दिनुहोस्