Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग भूमि फिर्ता पाइयोस् भन्दै कामनासहित पशुपतिमा राष्ट्रपतिद्वारा पूजापाठ

भारतसँग कूटनीतिक वार्तामार्फत भूमि फिर्ता ल्याउन सफल भइयोस् भन्ने कामनासहित पूजापाठ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान पशुपतिनाथ पुगेकी छिन् ।

बिहान ९ बजेतिर पशुपतिको पश्चिम गेट हुँदै मन्दिर प्रवेश गरेकी उनी करिब आधा घण्टा मन्दिरमा रहेकी थिइन् ।

संघीय संसदको प्रतिनिसधसभाबाट शनिबार निसान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक पारित भएसँगै राष्ट्रपति भण्डारी पुजापाठका लागि पशुपतिनाथ पुगेकी हुन् ।

सो क्रममा उनले देशको प्रगति, लिम्पियाधुरासहितको नेपालको नक्सा समेटिएको निसान छाप पारित भएसँगै भारतसँग कूटनीतिक वार्तामार्फत भूमि फिर्ता ल्याउन सफल भइयोस् भन्ने कामनासहित पूजापाठ गरेकी थिइन् ।

राष्ट्रपति पशुपतिनाथ दर्शनका पुग्दा पशुपति क्षेत्रविकास कोषका कोषाध्याक्ष डा मिलन कुमार थापालगायतले स्वागत गरेको स्रोतले बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भण्डारी पशुपतिमा पु्जापाठका लागि गएको पुष्टि गर्दै विभिन्न समयमा राष्ट्राध्यक्ष पुजापाठका लागि जाने प्रचलन रहेको बताए ।

कतिपय संघ संस्थाले निम्तामा पनि राष्ट्रपति जाने गरेको भन्दै उनले यसरी जाँदा पर्यटन प्रवर्द्धनका साथै विभिन्न पक्षमा सकारात्मक अर्थराख्ने धारणा राखे ।

यस्तै अधिकारीले राष्ट्राध्यक्षले देशको मंगल होस् भनेर कामना गर्दै पूजापाठ गर्नु स्वाभाविकै भएको पनि बताए । शनिबार प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको थियो ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्