Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशनामी फन ग्रुपुद्वारा असार १ गते देखि ‘दशनामी अनलाइन प्रतिभा प्रतियोगिता’ आयोजना सञ्चालन

सामाजिक कार्यमा अग्रसर रहंदै आइरहेको दशनामी फन ग्रुपुले दशनामी अनलाइन प्रतिभा प्रतियोगिता आयोजना गर्ने भयको छ ।

संसार भर छरिएर रहेका दशनामी भित्र लुकेर रहेका प्रतिभाहरुको उजागर गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

पाँच वटा बिधामा गरिने यो कार्यक्रम असार १गते देखि कार्तिक मसान्तसम्म निरन्तर चलिरहने छ । प्रतियोगिता मा सबै उमेर समुहका दशनामीहरु सहभागि हुन सक्नुहुनेछ ।

प्रत्येक बिधामा प्रथम हुनेले ७०००, दिर्तिय हुनेले ४०००,तृतीय हुनेले २५०० र सान्त्वना हुनेले १५०० नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन ।

प्रतियोगिता निन्म महिनामा निम्न बिधा हरु हुनेछ्न।

असार महिना       : साहित्य रचना प्रतियोगिता
साउन महिना      :   गायन प्रतियोगिता
भदौ महिना         :  बकतृत्वकला प्रतियोगिता
असोज महिना     :  नृत्य प्रतियोगिता
कात्तिक महिना   : अभिनय प्रतियोगिता

प्रतियोगिताको नियमहरु :

१. हरेक महिनाको
१- १२ गते- सभगीहरूबाट भिडियो संकलन गर्ने
१४ गते- संकलित भिडियो फेसबुक र यूटुबमा पोस्ट गर्ने
१६ गते- प्रतियोगिताको छनौट गर्ने
१६-२१ गते -दोश्रो चरण मा छानियकालाइ भिडियो बनाउन समय दिने
२३ गते- भिडियो फेसबुक र यूटुबमा पोस्ट गर्ने
२४ गते- टप ४ छनौट गर्ने
२४- २८ गते- टप ४ लाई भिडियो बनाउन समय दिने
२९ गते- टप ४ को भिडियो फेसबुक र यूटुबमा पोस्ट गर्ने
३० गते- विजेता अनि उपविजेता छान्ने। प्रतियोगितामा भाग लिन चाहने दशनामीहरुले ३ देखि ५ मिनेट को भिडियो बनाएर [email protected] मा भिडियो कुनै समस्या आएमा वा थप जिज्ञाशा भएमा कार्यक्रम संयोजक दीपक पुरीलाई सिधै ९८४३२९१९४३ वा ९८१८४२९८६४ नम्बरमा सम्पर्क गर्न सकिने कुरा समेत आयोजक ग्रुपले जानकारी गराएको छ ।

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्