Logo
१२ बैशाख २०८१, बुधबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगमा जसपा दर्ता : २ जना अध्यक्ष, ३ जान वरिष्ठ नेता, ५३ सदस्यीय समिति

राजपा र सपा मिलेर बनेको जनता समाजवादी पार्टी जसपा विधिवत रुपमा दर्ता भएको छ । नव गठित पार्टीमा २ अध्यक्ष र ३ जना वरिष्ठ नेता रहेका छन् । यद्यपी निवार्चन आयोगले भने आधिकारिता प्रदान गर्न बाँकी रहेको छ ।

पार्टी दर्ता गराउन राजपा नेपालका नेताहरु आइतबार निर्वाचन आयोग पुगेका छन् । ५३ सदस्यीय समिति रहेको पार्टीभित्र २ जना कायृकारी अध्यक्ष र ३ जना वरिष्ठ नेता समेत पाँच नेताहरु पदाधिकारी रहने गरी कागजात निर्वाचन आयोगमा बुझाइएको छ ।

यसअघि डा. बाबुराम अध्यक्षलाई संघीय अध्यक्ष दिने भनिएको थियो तर निर्वाचन आयोगमा बुझाइएको कागजातमा भट्टराई सहित ३ जना वरिष्ठ नेता रहेका छन् ।

लक्ष्मणलाल कर्ण समेतका नेताहरु आज दिनभरी निर्वाचनमा आयोगमा उपस्थिीत थिए भने बबरमहल स्थित राजपाको कार्यालयमा दुवै दलका प्रमुख नेताहरुको बैठक बसेको थियो । हामिले सबै कागजात बुझायौं, अब निर्वाचन आयोगले अध्ययन गर्नेछ, त्यपछि आधिकारिता प्रदान गर्नेछ, जसपा नेता लक्ष्मणलाल कर्णले भने अब आजबाट राजपा सपाको अध्याय समाप्त भएको छ ।

एक महिना अघिदेखिको विवाद मिलेपछि दल दर्ताका लागि उनीहरु आयोग पुगेका हुन् । नवगठित जसपाको अब कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनेछने भने डा.भट्टराई सहित अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा रहनेछन् ।

५३ सदस्यीय कार्यकारी समितिमा २७ जना नेता तत्कालिन राजपाबाट र २६ जना समाजवादीबाट छन् । नवगठित पार्टीको संसदीय दलको नेता भने राजेन्द्र महतो हुने सहमति भएको छ ।

एक महिनाअघि नै पार्टी एकीकरणको घोषणा गरिए पनि आन्तरिक सहमतीमा कुरा नमिलेपछि जसपाले अस्तित्व पाएको थिएन । आज आइतबार भने अन्तिम आवरमा नेताहरुले कागजात बुझाएका हुन् ।

निर्वाचन आयोगमा बुझाइएका कागजात : 

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्