Logo
१२ बैशाख २०८१, बुधबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरवारको रिमोटबाट प्रदेश र स्थानीय तहलाई दिनेगरेको निर्देशन बन्द गरियोस : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले काठमाडौंमा बसेर भुक्ने र सिंहदरवारको रिमोटबाट प्रदेश र स्थानीय तहलाई निर्देशन दिने काम बन्द गर्न चेतावनी दिएका छन् ।

प्रदेश २ सरकारलाई संघले सधै सौतेनी व्यवहार गर्दै आएको भन्दै साधन स्रोतमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ठगिरहेको उनको भनाई रहेको छ ।

नेपाली रेडियो नेटवर्कमा कुरागर्दै मुख्यमन्त्री राउतले अन्य प्रदेशहरुको तुलनामा प्रदेश २ लाई कोरोना संक्रमण नियान्त्रणका लागि कुनै सहयोग नगरेको उनले बताए ।

सिंहदरवारको रिमोटले कुन गाउपालिकाको कुन क्वारेन्टिन कस्तो छ, के गरिरहेका छन्, प्रदेशले दिएको र उनिहरुको आफ्नै स्रोतलाई कसरी र केमा खर्च गरिरहेका छन् र अहिले सम्म कति आरडिटी र भिटिएम पुगेको छ भनेर नदेखिने बताए।

उनले सिंहदरवारले प्रदेश २ का जनतालाई मुलुकको नागरिक नमानेको भन्दै सवै भन्दा धेरै गरिवी र बेरोजगारी रहेको प्रदेशलाई बजेटमा समेत ठगेको दावी गरे ।

राउतले सरकारले दिने भनेको समानिकरण अनुदानमा पनि अरु प्रदेशलाई ९ अर्ब माथि दिएर बढी दिनुपर्ने प्रदेश २ लाई ६ अर्ब मात्रै पठाएको आरोप लगाएका छन् ।

उनले भने,‘ पालिकालाई क्वारेन्टिन बनाउनै समस्या छ । हिले सम्म न जनशक्ति पठाएको छ न भिटिएम र आरडीटि नै पठाएको छ । खालि काठमाडौमा बसेर फलाकेर हुदैन ।

सारा पैसा जम्मा गर्ने, केन्द्रमा राख्ने र प्रदेशलाई नपठाउने । कुन गाउपालिकालागि संघीय सरकारले कति के पठाएको छ । विभिन्न जिल्लामा ८ करोड पठाएको छ ।

विकास खर्च काटेर अरुको भन्दा बढी खर्च गरेका छौ हामीले तर, प्रदेश २ लाई २२ करोड मात्रै दिने’ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्