Logo
६ बैशाख २०८१, बिहीबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक युवक पक्राउ

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान बाराको विश्रामपुर गाउँपालिका-३ स्थित खुदियाटोलाबाट एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प (बिओपी) बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरी नेतृत्वमा खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आइरहेका अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित विश्रामपुर-३ मुसहर्वा बस्ने १८ वर्षीय धनञ्जय यादवलाई पक्राउ गरेको हो ।

अभियुक्त यादवका साथबाट लागुऔषध नाइट्रोजेपान ६०० थान र बाइन करेक्स १४७ बोतल बरामद भएको सशस्त्र प्रहरी बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।

उनका अनुसार आवश्यक कानूनी कारवाहीका लागि यादवलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ ।

यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्