Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले प्रदेश २ मा भयावह रुप लिर्दै : एकै दिन ८२ जना संक्रमित थपिए

विश्वव्यापी बनेको कोरोनाले नेपालको प्रदेश २ मा भयावह रुप लिन थालेको छ । समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा सोमबार मात्रै ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको ले जनाएको छ । प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ गाउपालिका १२ जना पुरुष संक्रमित भएका छन् ।

काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार सिरहाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनमा रहेका ५ जनापुरुष संक्रमित देखिएका हुन् ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन् ।

त्यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुष संक्रमित भएका छन् । सर्लाही जिल्लाको जनता मावि अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिकामा ४ जना र हरिपुर नगरपालिकामा २ जना संक्रमित भएका हुन् ।

जसमध्ये ३ जना महिला छन् ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणको नतिजा अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गााउपालिका क्वारेन्टाइनका ४ जना संक्रमितत भएका देखिएका छन् ।

जसमध्ये यमुनामाईको क्वारेन्टाइनमा रहेका एकजना महिला पनि छन् ।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्