Logo
७ बैशाख २०८१, शुक्रबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा रहेका दैनिक ३५ सयसम्म नेपाली स्वदेश ल्याउने सरकारको तयारी

सरकारले दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।

नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ। परराष्ट्र मन्त्रालयले तत्कालै ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको आँकडा निकालेको छ।

उच्चस्तरिय समितिको यो निष्कर्षबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। समिति स्रोतका अनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्।

काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।

होटलमा होल्ड गरिएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ। परीक्षणमा कोभिड-१९ नदेखिएपछि उनीहरूलाई गाडीमा राखेर स्थानीय तहसम्म पुर्‍याइने छ। त्यसपछि उनीहरूल त्यहाँको स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्नु पर्नेछ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्