Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुगल-वीकिपिडियामा सच्याईयो नेपालको क्षेत्रफल

अव नेपालको क्षेत्रफल ३३५ वर्गकिमी थप गरी हाल कुल क्षेत्रफल १,४७५१६ वर्गकिमी कायम गरेको छ।

सरकारले लिम्पियाधुरा सहितको नक्सा मंगलबार सार्वजनिक गरे पछि गुगल-वीकिपिडियामा नेपालको क्षेत्रफल थप गरेको छ।

लिम्पियाधुरा, कुटी, नावी, कालापानी, टिङकर, गुन्जी, सार्पा भञ्ज्याङ, लिपुलेक भञ्ज्याङ, टिङकर भञ्ज्याङ र नुमुचे भञ्ज्याङलाई समेटेर नक्सा सार्वजनिक गरेको छ।

तर कति क्षेत्रफल बृद्धि भयो भन्ने नक्सामा केही उल्लेख छैन र सार्वजनिक कार्यक्रममा समेत त्यो विषय खुलाइएन।

तर वीकिपिडियाले क्षेत्रफल थप गरेर सच्याए पछि नेपालको कुल क्षेत्रफल बृद्धि भएको पाइएको हो।

भारतले नेपाली भूमि कव्जा गरी सडक निर्माण गरेको छ।

सरकारले कुटनैतिक पहलबाटनै नेपाली भूमि फिर्ता ल्याउने पहल शुरु गरी सकेको जनाएको छ।

तर भारतीय सञ्चार माध्यमले भने नेपाली भूमि नभएको भन्दै अझै भ्रमित र आधारहिन समाचार संप्रेसण गर्दे आएको छ।

प्रकाशित मिति: May 22, 2020

प्रतिक्रिया दिनुहोस्