Logo
२९ आश्विन २०८१, मंगलबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नीति तथा कार्यक्रमबारे छलफलका लागि संसदको बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा आजबाट छलफल सुरु हुन लागेको छ छलफलका लागीआज बिहान ११ बजेदेखि बस्नेगरी संसदको बैठक बोलाइएको छ ।

यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् । कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ । आज र भोली दुई दिन छलफल गरेर पर्सी प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरुको नामावली दलहरुले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरुलाई बोल्न दिने प्रचलन रहेको छ । अघिल्ला बैठकहरुमा बोल्न नपाएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्