Logo
२६ आश्विन २०८१, शनिबार
(May 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति-कार्यक्रममा ईतिहास र भुगोल राखेर सरकारले ध्यान भटकाउने कार्य गर्‍यो : राजेन्द्र महतो

जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यन्तै लामो र अहिलेको प्राथमिकता समेट्न नसकेको टिप्पणी गरेका छन् ।

बजेटबारेको प्रतिक्रियामा उनले सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रम काम न काजको भएको आरोप लगाए ।

नेपालको ईतिहासमा यत्रो लामो नीति तथा कार्यक्रम कहिल्यै आएको थिएन । यो भाषण छाँट्ने बेला होईन् ।

उनले भने-“अहिलेको ध्यान भनेको जनतालाई जोगाउने हो । अर्थतन्त्रलाई जोगाउने हो । सीमा रक्षा गर्ने कुरा । यो विगतको नीति तथा कार्यक्रम निरन्रतरता मात्र हो ।

नीति तथा कार्यक्रममा सारा ईतिहास र भुगोल राखेर सरकारले अहिलेको आवश्यकत्ता र ध्यान एकीकृत गर्न नसकेको उनको आरोप छ ।

उनले भने-“अहिले भाषण सुनाउने बेला होईन, काम गर्ने बेला हो । महामारीबाट जनता जोगाउँछु भन्नुपर्ने बेला हो । र, तीन बुँदा र तीन मिनेटमा नीति तथा कार्यक्रम सकिन्थ्यो । कोरोनाको असरबारे समेटेर अर्थतन्त्रलाई कसरी जोगाउने, जनता जोगाउने र सीमा रक्षाबारे तीन बुँदामा समेटेर नीति तथा कार्यक्रम ल्याउन सकिन्थ्यो ।”

प्रकाशित मिति: May 16, 2020

प्रतिक्रिया दिनुहोस्