गृह मन्त्रालयको पास लिई आफै गाडी चलाएर बर्दिवासमा पूर्व राजा शाह, काठमाडौंं आउँदै
संघीय सरकारको गृह मन्त्रालयको सवारी पास लिई पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् ।
यसअघि सरकारले पास रद्द गर्ने निर्णय गरेपछि शाहले हिजो पासका लागि झापा जिल्ला प्रशासन मार्फत निवेदन दिएका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारीले पास दिन नमिल्ने भएपछि उक्त निवेदन गृह मन्त्रालय पठाइएको थियो ।
मन्त्रालयबाट उनलाई आज पास पठाईएको हो । पास पाउन बितिकै उनी काठमाडौं तर्फ लागेको उनको सचिवालयका एक प्रतिनिधिले बताए ।
उनी केही समय अघि लहान-ढल्केवर सडक हुँदै बर्दिवास आईपुगेका छन् । उक्त कुराको स्थानीय प्रहरीले पनि पुष्टि गरेका छन् । पुर्व राजाको सचिवालयका अनुसार उनी आफै ड्राईभ गरेका छन् ।
पूर्व राजा शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेका हुन् । पूर्व राजा-पत्नी कोमल शाहसहित झापामबाट फर्किइरहेका हुन् ।
पूर्व राजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ । उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किइरेका छन् । स्थानीय प्रहरीले स्कटिङ्ग समेत गरेको छ ।
पूर्व राजाले काठमाडौं फर्कन हिजो पास नपाएको विषय बाहिर आएपछि सर्वत्र चर्चाको विषय बनेको थियो । प्रक्रिया पूरा गरेर फ्लोअप उपचारको नाममा गृहमन्त्रालयले उनलाई पास उपलब्ध गराएको हो ।