Logo
२८ आश्विन २०८१, सोमबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्यूएचओले दियो विश्वमा कोरोना भाइरसको अन्त्य नहुन सक्ने चेतावनी

पछिल्लो समयमा कोरोना भाइरसको माहामारीले विश्वलाईनै आक्रान्त बनाइरहेको बेलामा विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरसको अन्त्य नहुन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो ।

अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यसले कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् ।

खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ । रयानका अनुसार, आममानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्तस्तरमा पुग्न वर्षौं लाग्न सक्छ ।

अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन १ थरी खोप निर्माणका प्रयासहरू भइरहेका छन् । यस्तोमा विशेषज्ञहरूले प्रयास भइरहेका कुनै पनि खोपको निर्माण हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य संगठनकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर आउन निकै लामो समय लाग्ने मनस्थिति बनाएर अघि बढ्नुपर्ने बताएकी छिन् ।

डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । ४३ लाखभन्दा धेरै मानिस संक्रमित छन् ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्