Logo
२३ आश्विन २०८१, बुधबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत धारणा बनाउनका लागि प्रधानमन्त्री बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् ।

भारतले लिपुलेक-कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई पनि आमन्त्रण गरिएको छ ।

भारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्