Logo
२८ आश्विन २०८१, सोमबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर काठमाण्डौ आइपुग्यो चिनियाँ एयरफोर्स

चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिए ।

चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्