Logo
२८ आश्विन २०८१, सोमबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन् ।

उनले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका छन् ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता भीष्मराज ओझाले सेन्टरबाट सञ्चारकर्मीहरुले सामाजिक दूरी कायम गरी समाचार सङ्कलन र सम्प्रेषणको काम भइरहेको जानकारी दिएका थिए ।

सभामुखले आजै सङ्घीय संसद्अन्तर्गतका दुुवै सदनका विद्युत् शाखा, साउन्ड, युट्युुब लगायतका शाखाले गरिरहेका कामको स्थलगत जानकारी लिएका छन् ।

साथै संसद् परिसरको क्यान्टिनको अवलोकन गर्दै विषम परिस्थितिमा सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी सबै सुुझाव पालना गर्न सबैलाई निर्देशन दिए ।

अवलोकनका क्रममा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम पनि सँगै थिए ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्