Logo
११ बैशाख २०८१, मंगलबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५०औं दिनमा नेप्से खुल्यो : १० करोडको कारोबार, पहिलो घण्टामै २२ अंकको गिरावट

लकडाउन सुरु भएदेखि बन्द भएको सेयर बजार ५०औं दिनमा मंगलबार खुलेको छ । ११ बजे खुलेर आधार समय व्यतित भएको सेयर बजारमा हालसम्म २२ दशमलव २१ अंकले घटेर १२ सय २९ दशमलव २४ अंकमा पुगेको छ ।

नेप्सेले सर्किट सीमा र कारोबार समय घटाएर खोलेको बजारमा १ घण्टा कारोबार भइसकेको छ । नेप्से परिसूचकमा १.७७ प्रतिशतले गिरावट हुँदा हालसम्म १० करोड रुपैयाँको कारोबार भएको छ ।

यसक्रममा ६९ कम्पनीका ९९ हजार ४ सय ८८ कित्ता सेयर किनबेच भए । कारोबार खुलेदेखि नै नेप्से घट्दो क्रममा थियो । सेयर कारोबार १ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्