Logo
१५ चैत्र २०८०, बिहीबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबादेखि शेयर बजार कारोबार सुरु, दिनको २ घन्टा मात्रै खुल्ने

बर्तमान समयमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकाले लगाएको लकडाउनका कारण बन्द रहेको शेयरबजार नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने र ३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको छ  ।

तर नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । २ प्रतिशतभन्दा धेरै कारोबार भएमा सर्किट ब्रेक लाग्ने बोर्डले जनाएको छ ।

यस्तै एक तिहाई कर्मचारी मात्रै काममा आउने र एक चौथाइ गाडीलेल मात्रै पास पाउने पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

यस्तै लगानीकर्तालाई मेरो शेयर खाता खोली त्यै खाताबाट अनिवार्य रुपमा इलोक्ट्रेनिक डिपोजिट इन्स्ट्रक्सन स्लिप अर्थात ईडिआईसमार्फत राफसाफ गर्ने र असार मसान्तसम्म खाता खोल्दा पैसा नलाग्ने बोर्डको निर्णय छ । धितोपत्र कारोबारका नयाँ नियम र सर्त यस्ता छन् ।

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्