Logo
५ श्रावण २०८२, आईतबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट अधिवेशन अघि नै संवैधानिक नियुक्ती गर्दै सरकार

अलिेको बर्तमान समयमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाइरहेको अजस्थामा संसदको बजेट अधिवेशन भने यही बैशाख २६ गते हुँदैछ सो  बजेट अधिवेशन अघि नै सरकारले संवैधानिक नियुक्ती गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भने संसदको बजेट अधिवेशन अघि नै संवैधानिक नियुक्तीहरु गर्ने तयारी गरेका छन् ।  विभिन्न आयोगमा खाली रहेका पदमा नियुक्ती गर्नेगरि प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श थालेका छन् ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्रै बैशाख २६ गते अपरान्ह ४ बजेको लागि संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन आह्वान गरेकी छिन् ।

यसको लागि उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीनिकट स्रोतकाअनुसार संवैधानिक परिषदको बैठक भोलिको लागि राख्ने तयारी गरिएको छ । पछिल्लो समय संवैधानिक परिषदको बैठक प्रभावित हुँदै आएको थियो ।

बैठक प्रभावित हुँदा विभिन्न आयोगमा नियुक्तीहरु गर्न नसकिएको प्रधानमन्त्री ओलीको गुनासो थियो । यो बीचमा उनले संवैधानिक परिषदमा विपक्षी दलको नेता नराख्ने प्रावधानसहित अध्यादेश ल्याएका थिए ।

तर, चौतर्फी दबाब र आलोचना भएपछि सरकारले अध्यादेश खारेज गरेको थियो । अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता देउवालाई भेटेका थिए ।

उक्त भेटवार्तामा के कुराकानी भयो ? भन्ने कुरा यकिन छैन् । तर, आयोगको नियुक्तीहरुमा भागबण्डा गरिएको भने आशंका गरिएको छ।

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्